चीनमा बाढी : १२ जनाको मृत्यु, एक लाखभन्दा धेरैलाई सुरक्षित स्थानमा सारियो

sasas
sasas
July 21, 1:49

६ साउन, काठमाडौं । मध्य चीनमा अविरल वर्षापछि आएको बाढीको कारण १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बाढीको कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर बढी प्रभावित भएका छन् ।

सार्वजनिक भएका केही भिडियोमा चिनियाँ सहरको सडक तथा रेल स्टेसनमा मानिसको छातिसम्म पानी आउने गरी बाढी आएको देखिन्छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले बाढी नियन्त्रणको अवस्था निकै कमजोर रहेको बताएका थिए ।

जिनपिङले बाढीको कारण ठूलो जनधनको क्षति भएको बताएका छन् । उनले सबै निकायलाई मानिसको ज्यान र सम्पत्तिको सुरक्षालाई प्राथमिकता दिन निर्देशन दिएका छन् । स्थानीय अधिकारीहरुले यसपटक शताब्दीकै ठूलो बाढी आएको बताएका छन् ।

चीनको केही ड्याम तथा रिजर्भायरमा पानीको सतह जोखिमपूर्ण अवस्थामा पुगेका छन् । मानिसहरुको उद्धारको लागि अहिले सैनिकहरु परिचालन गरिएको छ । बाढीको कारण हेनानको धेरै भागमा हवाई तथा रेल सेवा प्रभावित भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा