हावाहुरीको अनुमान मौसम पूर्वानुमान महाशाखाले किन गर्न सकेन?

Aadhi
Aadhi
April 01, 5:37

आइतबार साँझ बारा र पर्सा जिल्लामा गएको विनाशकारी हावाहुरीको कारण समाचार तयार पार्दासम्म २७ जनाको मृत्यु भइसकेको छ। गृहमन्त्रालयका अनुसार ६ सयभन्दा बढी घाइते भएका छन्।

भारतको मौसम पूर्वानुमान केन्द्रले अलर्ट जारी गरे पनि नेपालको मौसम पूर्वानुमान महाशाखाले यसबारे कुनै अलर्ट जारी गरेको थिएन।  

किन? 

महाशाखाका मौसमविद् मिनकुमार अर्याल सामान्य मौसममा परिवर्तन हुने अनुमान गर्न सकिए पनि यति ठूलो हावाहुरी आउला भन्ने अनुमान गर्न नसकेको बताउँछन्। 

उनी भन्छन्,’ स्थानीय वायुको प्रभाव र बंगालको खाडीबाट आएको हावाको चापको कारण यस्तो भएको हो। माथिको चिसो हावा तल आयो र तलको माथि गएकाले यस्तो भएको हो।‘

महाशाखालाई अहिले प्रति सेकेन्ड कति गतिमा हावा बह्यो भन्नेसमेत जानकारी छैन।

‘ठ्याक्क भन्न सकिँदैन। हात, नाङगो आखा र झन्डाको अवस्था हेर्दा प्रतिसेन्ड १५ मिटर हावा आएको अनुमान गर्न सकिन्छ,‘  उनले भने।
महाशाखाले सोमबार पूर्वी तथा पहाडी भेगमा पानी पर्ने जनाएको छ। आइतबारको जस्तो हावाहुरी आउने सम्भावना कम रहेको मौसमविद् अर्याल बताउँछन्। 

‘पूर्वी तथा पहाडी क्षेत्रमा केही वर्षा हुने सम्भावना छ। तर हिजोको जस्तो हावाहुरी नआउला,‘ उनले भने।

भारतको मौसम पूर्वानुमान केन्द्रले भने आज बिहानको बुलेटिनमा नेपालसित सीमा जोडिएको पश्चिम बंगाल र सिक्किममा ५० देखि ६० किलोमिटर प्रतिघण्टा र बिहारमा ३० देखि ४० किलोमिटर प्रति घण्टा तीव्र वेगको हुरी आउन सक्ने बताएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा