राष्ट्रिय कलेज सुखडमा एम बि एस पढाई हुने

news
news
July 22, 6:22

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय कलेजमा अब एम बि एस पढाई हुने भएको छ । त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त कलेजले एम बि एस कार्यक्रम सञ्चालन गर्ने लागेको आज एक कार्यक्रमको आयोजना गरी जानकारी गराईएको छ । कार्यक्रम संचालनार्थ पूर्ब तयारी तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कलेज सञ्चालक समिती उपाध्यक्ष लक्ष्मी सिंहको सभापतित्वमा भएको कार्यक्रममा घोडाघोडी नगरपालिका नगर प्रमुख ममता प्रसाद चौधरी प्रमुख रहेका थिए । कार्यक्रमका सहभागिहरुले कैलालीको मध्यक्षेत्रमा रहेको कलेजले घरदैलोमै गुणस्तरिय शिक्षा प्रदान गरेको बताए । शैक्षिक गतिबिधि सञ्चालनका लागि नया र उत्पादनमूलक कार्यक्रम सञ्चलन गर्ने उनिहरुको सुझाब रहेको थियो । राष्ट्रिय कलेजका क्याम्पस प्रमुख कर्ण भण्डारीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा यस क्षेत्रका शैक्षिक ब्यक्ति, सरोकारवाला प्राध्यापक र बिधार्थिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा