Aagan-cakes-web-banner-2

कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु

news
July 23, 11:55

कञ्चनपुर –कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार से१प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका –१० का ७३ वर्षीय राम खुनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका खुनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार राति नै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । खुनासंगै हिँडिरहेकी उनकी श्रीमती विष्णू खुना गम्भीर घाइते भएकी छिन् ।  उनको मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

मोटरसाइकल चालक वेदकोट नगरपालिका –५ का २६ वर्षीय धन बहादुर ओखेडालाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

एमसिसीले प्रायोजित प्रचार अभियान चलाउन थाल्योः भीम…
धनगढी, ३ असोज । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी परियोजना एमसिसीले प्रायोजित रूपमा प्रचार… विस्तृतमा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ‘वाच टावर’ निर्माण
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकार नियन्त्रणका लागि पाँच ठाउँमा मचान ९वाच टावर०… विस्तृतमा
 महिला हिंसाका मुद्धालाई साझा बनाईने ः  लिलि थापा
कैलाली, २ असोज- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा मानव अधिकारका लागी महिला एकल महिला समूह (… विस्तृतमा
धनगढीमा संञ्चालन भएको  मानव अधिकार मैत्री पत्रकारिता…
धनगढी । राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको समन्वयमा भएको… विस्तृतमा