प्रधानमन्त्री र सातओटै प्रदेशका मुख्यमन्त्रीबिच यी एजेण्डामा छफल भयो
काठमाडौं, फागुन २१ – प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आज भएको बैठक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा केन्द्रित रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय योजना आयोगले तयार गरेको आगामी १५औँ आवधिक योजनाको मस्यौदा आधारपत्रलाई अन्तिम रुप दिन आयोजित राष्ट्रिय विकास परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरु काठमाडौंमा रहेका बेला ओलीले उनीहरुसँग बैठक राखेका हुन्
बैठकमा प्रधानमन्त्री ओलीले कार्यक्रमहरु नदोहोरिउन भनेर तिनै तहका सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गर्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद्को अघिल्लो बैठकले निर्णय गरेका २९ बुँदाको कार्यान्वयन तदारुकताका साथ गरिने विश्वास दिलाएका थिए ।