रेशम चौधरी रिहाइको माग राख्दै राजपाले देशै भरि प्रदर्शन गर्ने

Resham
Resham
April 10, 6:20

काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपालले शुक्रबार सबै जिल्लामा प्रर्दशन तथा कोणसभा गर्ने भएको छ ।

बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधनसहित नौ बुँदे माग राख्दै सबै जिल्लामा कोणसभा र प्रर्दशन गर्ने निर्णय गरेको हो ।

रेशम चौधरीलाई कञ्चनपुर जिल्ला अदालतले जन्मकैद सजाय सुनाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै रुष्ट बनेको राजपाले सडक आन्दोन घोषणा गरेको हो ।

प्रवक्ता केशव झाका अनुसार राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, रेशम चौधरीलाई रिहा गर्नुपर्ने, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिनुपर्ने माग अघि सारेको छ ।

त्यस्तै जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने, भ्रष्टाचारी, कालोबजारी नियन्त्रण गर्नुपर्ने, राष्ट्रिय अखण्डता र एकतालाई बलियो बनाउनु पर्नेलगायतका माग अघि सारेको छ ।

Rajapa

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा