kagendra

सेती अस्पतालमा उपचार रत २ जना कोरोना संक्रमितको मृत्यु

news
news
August 06, 4:29

धनगढीः धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका–१का ३३ बर्षीय पुरुषको  मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। मृतक महिला साउन १७ गतेदेखि अस्पतालको आइसीयुमा उपचाररत थिईन्। पुरुष साउन २१ गतेदेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए। पछिल्लो समय अस्पतालमा कोरोनाका बिरामीको संख्या पनि बढ्दै गएको छ। सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ६ कोरोनाका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएका छन। भर्ना भएका बिरामी संगै सेतीमा उपचाररत कोरोना संक्रमित बिरामीको संख्या २९ पुगेको छ। जसमध्ये ७ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ।यस्तै अस्पतालमा थप २४ जनामा कोरोना पुष्टि भएको छ। १ सय २१ नमूना परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा