गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा विपन्नलाई राहत

Jayanti Final
Jayanti Final
September 07, 9:20

दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत वितरण गरिएको छ । नारायण नगरपालिका २ जाहारकोट निवासी हाल अमेरिकाको भर्जिनियामा बस्दै आएकी समाजसेवी जयन्ती थापाको आर्थिक सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो ।

कलाकार तथा समाजसेवी लोकेन्द्र जिसी कुमारको पहलमा जिसीमार्फत नै आज सदरमुकामको राम मन्दिरमा विपन्न परिवारका सदस्यहरूलाई राहत सामाग्री वितरण गरिएको हो ।दैलेखको नारायण नगरपालिका ७ का ३ जना एकल महिलाको परिवार तथा २ जना आर्थिक अवस्था कमजोर भएका गरी ५ घरपरिवारका सदस्यलाई राहत स्वरूप खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

नारीहरूको महान् पर्व तिजको अवसर पारेर प्रति परिवार १ बोरा चामल, १ केजी नुन, १ केजी दाल र १ लिटर तेल वितरण गरिएको छ । राहत सामाग्री वितरण पश्चात् बोल्दै कलाकार तथा समाजसेवी लोकेन्द्र जिसी कुमारले आर्थिक रूपले अति विपन्न परिवारलाई सहयता गर्नु सराहनीय कार्य भएको बताए । समाजसेवी थापाले हालसम्म देशका अधिकांश विपन्न परिवारका सदस्यलाई यसरी नै राहत स्वरूप सहयोग गरिसकेको र यसै अभियान अन्तर्गत आज दैलेखका विपन्न परिवारलाई सहयोग गरेको जानकारी दिए । 

यस्तै खाद्यान्न सामग्री बुझ्दै विपन्न परिवारका सदस्यहरूले समाजसेवी तथा सहयोगी जयन्ती थापाप्रति आभार व्यक्त गरेका छन् । तिज नजिकिँदै गर्दा घरमा के खाने भन्ने चिन्तामा आफूहरू रहेको समयमा राहत स्वरूप खाद्यान्न पाएपछि आफूहरूलाई निकै खुसी लागेको बताइन ।

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा
जयन्ती थापाको कथाः कर्म अमेरिकातिर, समाजसेवा पश्चिम…
सीताराम ओझा - अमेरिका धेरैका लागि सपनाको देश । त्यहाँ पुगेपछि नेपाल फर्किन जो कोही चाहदैंनन् । वरु… विस्तृतमा