'नेपाल सरकार' को सट्टा राष्ट्रपतिले 'मेरो सरकार' भनेपछि सामाजिक सन्जालमा ब्यापक आलोचना

Bidhya Bhandari
Bidhya Bhandari
May 03, 7:31

काठमाडौं - राष्ट्रपतिको विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन्। उनी संसदमा प्रस्तुत भएको विषयलाई लिएर सामाजिक संजालमा अनेक टप्पणी आउन थालेका छन्।

राष्ट्रपति प्रस्तुत हुने शैलीले राजतन्त्रको झल्को दिएको समेत कतिपयले सामाजिक संजालमा टिप्पणी गरेका छन्। यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम सम्बोधनमा 'नेपाल सरकार' सट्टा 'मेरो सरकार' बनेको छ।

अघील्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा 'यो सरकार' र 'नेपाल सरकार' भनिएको थियो। पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि 'नेपाल सरकार' भनेर सुरू गरिन्थ्यो।

यादव आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता प्रयोग नगरी '... यस्तो गरिनेछ' भन्थे। कतिपय ठाउँमा उनले 'वर्तमान सरकार' पनि भनेका छन्। तर, कुनै पनि ठाउँमा 'मेरो सरकार' भनेनन्। राजतन्त्र कालमा राजाले संसदमा गर्ने सम्बोधनमा सधैं 'मेरो सरकार' भन्ने गर्थे।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा