अन्तरजातीय विवाहबाट गरेको भन्दै बुवाले छोरीलाई जिउँदै जलाए

Jalaya
Jalaya
May 08, 12:24

एजेन्सी -  भारतमा अन्तरजातीय विवाह गरेको भन्दै पिताले छोरीलाई जिउँदै जलाएका छन् । महाराष्ट्रको अहमदनगरको परनेर तालुकामा रहेका निक्सोज गाउँमा यो घटना भएको हो ।

६ महिना पहिले रुक्मिणी र मंगेश रणसिंघेको विवाह भएको थियो । १९ वर्षीय रुक्मिणीले मंगेश रणसिंघेसँग प्रेम विवाह गरेकी थिइन् । रुक्मिणी र उनका श्रीमानको जात मिल्दैनथ्यो । यसै कारण रुक्मिणीका पिता, काका र मामाले मिलेर उनी र उनका पतिलाई जिउँदै जलाए । पिताको इच्छाविपरित विवाह गर्दा रुक्मिणीले ज्यान गुमाउनु पर्‍यो।

विवाहपछि पनि रुक्मिणीको माइतीपक्षका मानिसले उनीहरुको सम्बन्धको विरोध गरिरहे । यसबाट हैरान भएर रुक्मिणी र मंगेशले फेब्रुअरी महिनामा रुक्मिणीको माइती पक्षमा उजुरी पनि दर्ता गरेका थिए ।

Couple

रुक्मिणीका मातापिताले गएको अप्रिल ३० तारिखमा माइती बोलाएका थिए । उनलाई माइतीमा बोलाएर कुटपिट गरियो । यो घटनाबारे उनले आफ्ना श्रीमान मंगेशलाई फोन गरेर जानकारी दिइन् । अर्को दिन मंगेश आफ्नी पत्नीलाई लिन गए । त्यही समयमा उत्तर प्रदेश बस्ने रुक्मिणीका काका र मामा पनि त्यहाँ पुगेका थिए । उनीहरुले रुक्मिणी र मंगेश दुवैलाई कुटपिट गरेर डोरीले बाँधि पेट्रोल छर्केर आगो लगाइदिए ।

घटनाबारे छिमेकीले थाहा पाएपछि उनीहरुलाई अस्पताल लगिएको थियो । रुक्मिणीको शरीर धेरै जलिसकेको थियो । उनको ज्यान गयो । उनका पति मंगेश रणसिंघेको उपचार भैरहेको छ । उनको अवस्था पनि गम्भीर छ । 

परनेर प्रहरीले यो घटनालाई लिएर रुक्मिणीका मामा घनश्याम र काका बिल्लू पण्डित भनिने सुरेन्द्र बाबुलाललाई पक्राउ गरेको छ । घटनापछि रुक्मिणीका पिता रामा रामफल फरार भएका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

घटनास्थलबाट प्रहरीले पेट्रोलको बोतल तथा अन्य सामानहरु पनि बरामद गरेको छ । रुक्मिणीका देवर महेश रणसिंघेले घटनाबारे प्रहरीमा उजुरी गर्दा पनि प्रहरीले बेवास्ता गरेकोले यस्तो अवस्था भोग्नुपरेको आरोप लगाएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा