एकपक्षिय वडा अधिवेशन मान्दैनौंः कांग्रेस डडेल्धुरा

news dhn
news dhn
September 12, 6:29

डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुराले निर्वाचन अधिकृतले कुनै समन्वय नगरी  एकलौटी रुपमा गरेको वडा अधिवेशन स्वीकार नगर्ने स्पष्ट पारेको छ। आइतबार पार्टी कार्यालय किसून जी भवनमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिले क्रियाशील सदस्यता विवाद समाधान गरेर जिल्ला कार्य समितिको समन्वयमा गरिएको अधिवेशनलाई मात्रै स्वीकार गर्ने पार्टीले जनाएको हो। 

पार्टी सभापति कर्णबहादुर मल्लले एक विज्ञप्ति नै जारी गर्दै अन्यायमा परेका क्रियाशील सदस्यको पीडामा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा कहिँकतै संवेदनशिल नदेखिएको आरोप लगाएका छन्।  ‘जिल्ला कार्य समिति डडेल्धुराको अधिक लचकताका साथ राखिएको प्रसतावलाई समेत साथीहरुले अवज्ञा गर्दै यहि भदौ २५ गतेका दिन राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै केन्द्रीय सभापति ज्यूको हस्तक्षेपमा पार्टी भित्रको आन्तरिक अधिवेशन कडा सुरक्षाको घेरा भित्र सिमिति राखि केही सिमित क्रियाशिल सदस्यहरुको मात्र उपस्थितिमा कथित वडा अधिवेशनमा प्रवेश गर्नुभयो। उक्त प्रक्रिया पूर्ण अवैधानिक, एकपक्षीय अलोकतान्त्रिक रहेको नेपाली कांग्रेस डडेल्धुराको ठहर रहेको छ’ विज्ञप्तिमा भनिएको छ। 

साथै उनले डडेल्धुराका लागि खटाइएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले कार्य समितिसँग एउटा फोन समेत नगरी निर्वाचन प्रक्रिया अघि बढाएको बताएका छन्। ‘वडा अधिवेशन गर्न नसकिने भनि नेपाली कांग्रेस डडेल्धुराको मिति २०७८ भाद्र २२ गतेको निर्णय तथा मिति २०७८ भाद्र २३ गतेको वडा सभापति र पालिका सभापति ज्यूहरुको बैठकले समेत क्रियाशिल सदस्यताको विवाद सामाधान गरेर मात्र अघि बढ्न र तत्काल अधिवेशन स्थगन गर्ने भनि निर्णय गर्दागर्दै पनि एकथरी साथीहरुले निर्वाचन अधिकृतलाई आफ्नो अनुकुल बनाई अज्ञात स्थलबाट निर्वाचनको सूचना जारी गर्न लगाउनुभयो’ विज्ञप्तिमा उल्लेख छ। 

साथै कांग्रेस डडेल्धुराले विधिवत रुपमा वडा अधिवेशन नभएसम्म कार्यसमिति मातहतका सम्पूर्ण समितिहरु यथावत रहने जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा