कुशल भुर्तेल ८४ रन बनाएर आउट

news
news
September 13, 11:04

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका ‌ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेर आउट भएका छन्। 

ओमानमा जारी खेलमा कुशलले ६७ बलमा अर्धशतक पूरा गर्ने क्रममा २ चौका र १ छक्का प्रहार गरेका थिए। उनी ८४ रन बनाएर खेलिरहदा अमेरिकाका निषर्ग पटेलको एलबिडब्लूको धरापमा परे। उनले ९३ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। नेपाल अहिले अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ।

नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई २३ रनमा गुमाएको छ। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर आउट भएका छन्। यस्तै कुशल मल्ल पनि १ रनमा आउट भए। अहिले विनोद भण्डारी  र रोहितकुमार पौडेल ब्याटिङ गरिरहेका छन्। नेपालले ३४ ओभरमा ४ विकेटको क्षतिमा १४५ रन जोडेको छ।त्यसअघि ओमानको अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ ‍गरेको अमेरिकाले ९ विकेटको क्षतिमा २३० रन जोड्यो। अमेरिकाका लागि विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलले शतक प्रहार गरे। उनी शतक प्रहार गरे लगत्तै आउट भएका थिए।

४७औं ओभरमा विक्रम शोवको बलमा कुशल भुर्तेलबाट क्याच हुनुअघि उनले ११४ बलमा ९ चौका र १ छक्का प्रहार गरे।ओपनरद्वय स्टेभिन टेलर र सुशान्त मोदानीले क्रमश: १४ रन र १६ रन जोडे। निषर्ग पटेलले २१ रन जोडे भने केन्जिगे १३ रनमा आउट भए।सुसन भारीले जसकरण मलहोत्रालाई ११ रन र संजय कृष्णमूर्तीलाई १३ रनमा आउट गरे।करिमा गोरे १६ रनमा रनआउट भए। उनलाई सन्दीप लामिछानेले रनआउटको सिकार बनाए।बलिङ नेपालका सन्दीप लामिछाने, विक्रम शोव र सुसन भारीले २-२ विकेट लिए।

यो त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुई खेल खेलिसकेको छ। नेपाल चार अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा