विप्लवका कार्यकर्ताले दुई मोटरसाइकल जलाइदिए

Bike
Bike
May 27, 3:15

कालिकोट, १३ जेठ – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालिकोटमा दुईवटा मोटरसाइकल जलाएका छन् । कर्णाली राजमार्गको कालिकोट खण्ड कालेखोलामा कालिकोटबाट सुर्खेततिर जाँदै गरेका २ वटा मोटरसाइकल विप्लव समूहका कार्यकर्ताले जलाइ दिएका हुन् ।

विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका कर्णाली व्यूरो इन्चार्ज सितल बिष्टले पार्टीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै कालिकोटबाट सुर्खेततिर जाँदै गरेका भे ८ प ३५८ र भे ७ प ४८५७ नम्बरका २ वटा मोटरसाइकल सडकमै जलाइएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी बिनोद शर्माले विप्लव समूहको बन्दलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पारिएको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा