धनगढीमा प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिता सुरु : कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुराको विजयी सुरुवात 

Volley Ball
Volley Ball
October 06, 8:02

धनगढी –

कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज एक भव्य समारोहकाबिच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । प्रतियोगिता अन्तरगत पहिलो दिन भएका ४ खेलमा कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुराले विजयी सुरुवात गरेका छन् । आज भएको उद्घाटन खेलमा कञ्चनपुरले अछामलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । त्यस्तै आज भएको दोस्रो खेलमा कैलालीले दार्चुलालाई ३–०, डोटीले बैतडीलाई ३–१ र डडेल्धुराले बाजुरालाई ३–० को सेटमा पराजित गरी विजयी सुरुवात गरेका छन् । प्रतियोगिता अन्तरगत भोलि पनि लिग चरणका ६ वटा खेल हुने छन् । 

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार  असोज २३ गतेसम्म धनगढीमा सञ्चालन हुने छ । प्रदेशका ९ वटा जिल्लाका टिमहरूले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिइने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५/२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ । 

सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए । ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा