रेसम चौधरी जेलभित्रै बिरामी, राजपा छोड्ने मनस्थितिमा

resham_chaudhary
resham_chaudhary
May 29, 7:31

काठमाडौँ - टीकापुर घटनामा संलग्न रहेको कसुरमा जन्मकैदको फैसला सुनाइएका सांसद रेसम चौधरी जेलभित्रै बिरामी परेका छन्।

चौधरीको फोक्सोमा समस्या देखिएको छ। यसअघि पनि चौधरी बारम्बार बिरामी परेका थिए।जिल्ला अदालत कैलालीबाट जन्म कैदको सजाय पाएका चौधरी हाल डिल्लीबजार कारागारमा छन्। उनको मुद्दा पुर्नावेदनका लागि उच्च अदालतमा पुगेको छ।

करिब एक सातादेखि जेलभित्रै बिरामी परेका सांसद चौधरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेताहरूलाई फोन गर्दै आएका छन्।

उनका भाइ मिठुलाल चौधरी आफ्नो सामाजिक सञ्जालमा राजपाका नेताहरू पनि रेशमलाई भेट्न आउन छोडेको आशय सहितको पोस्ट गरेका छन्:-माननीय रेसम चौधरीको डिल्लीबजार सदरखोरमा सिकिस्त बिरामी छन् बोल्नपनी गार्‍हो भएको अवस्था छ । ज्यान मुद्दा लागेपछि राजपा अध्यक्ष मण्डलका अध्यक्षहरू एक पटक पनि भेट गर्न के विगत ४ दिन देखि कारागारबाट जानकारी गराउँदा पनि भेट गर्न आएनन् । ल भन्नुस् पार्टी कत्तिको उत्तरदायी छ ?? यस्तो अवस्थामा अब के गर्ने ??

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा