महाकाली बहुमुखी क्याम्पसमा तीन दिवसीय अनुसन्धान पद्धतिमा प्रशिक्षण कार्यशाला

news
news
October 11, 1:01

कञ्चनपुर । कञ्चनपुरको बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पसमा तीन दिवसीय अनुसन्धान पद्धतिमा प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । यही असोज २२ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको प्रशिक्षण कार्यशाला अनुसन्धान पद्धतिका विषयमा आधारित रहेको बताइएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा महाकाली बहुमुखी क्याम्पस अनुसन्धान समितिले प्रशिक्षण कार्यशालाको आयोजना गरेको थियो । सो प्रशिक्षण कार्यशालामा महाकाली बहुमुखी क्याम्पसका प्राध्यापकहरू सहित रामपुर बहुमुखी क्याम्पस, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस र कृष्ण बैजनाथ बहुमुखी क्याम्पसका प्रतिनिधि प्राध्यापकहरूलाई प्रशिक्षकद्वय डा. रामचन्द्र बिनाडी र डा. भवानसिंह चलाउनेले अनुसन्धान पद्धतिका विषयमा प्रशिक्षण गराउनु भएको थियो ।

तीन दिवसीय अनुसन्धान पद्धतिमा प्रशिक्षण कार्यशालाको एक औपचारिक कार्यक्रमका बिच आइतबार समापन गरिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिको रूपमा सहभागी बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले उक्त कार्यशालाबाट प्राध्यापकहरूलाई लाभ पुगेको विश्वास गर्दै आगामी दिनहरूमा समेत यस किसिमका थप कार्यशाला गोष्ठीहरू गर्न प्रेरित गर्नुभयो । त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सहभागी महाकाली बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्रेमसिंह बोहराले प्राध्यापकहरूलाई दिइएको प्रशिक्षण समग्र शैक्षिक स्तरोन्नतिका लागि भएको उल्लेख गर्नुहुँदै प्राप्त ज्ञानलाई सहपाठी हुँदै विद्यार्थीहरूसम्म वितरण गर्न अनुरोध गर्नुभयो । विशिष्ट अतिथिकै रूपमा सहभागी महाकाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हर्कसिंह कुँवरले प्रशिक्षण कार्यशालाबाट सिकेका विषयवस्तुलाई लाभदायक बनाउने भूमिका सहभागी प्राध्यापकहरूमा निहित रहेको उल्लेख गर्नुभयो । 

त्यस्तै, प्रशिक्षकहरूको तर्फबाट समापन कार्यक्रमलाई सम्बोधन गर्दै डा. भवानसिंह चलाउनेले पछिल्लो दुई शैक्षिक सत्र कोभिड १९ महामारीका कारण नराम्ररी प्रभावित  भएको शिक्षा क्षेत्रलाई माथि उकास्न र लयमा ल्याउन सर्वपक्षीय सहयोगको आवश्यकता महसुस गर्नु भयो । प्रशिक्षण कार्यशालामा सहभागी प्राध्यापकहरूको तर्फबाट धारणा राख्दै गोरख बहादुर बिष्टले विगतमा यस किसिमका तालिमका जिल्ला भन्दा बाहिर जानु पर्ने परिस्थितिलाई तोड्दै महाकाली बहुमुखी क्याम्पसले प्रशिक्षण कार्यशाला आयोजना गरेकोले आभार व्यक्त गर्दै प्रशिक्षण कार्यशाला निक्कै लाभदायक रहेको बताउनु भयो । महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज जोशीको सभापतित्वमा आयोजित समापन कार्यक्रममा स्वागत मन्तव्य प्राध्यापक तारामणि न्यौपानेले राख्नुभएको थियो भने समापन कार्यक्रमको सहजीकरण प्राध्यापक सि.पि. पोखरेलले गर्नुभएको थियो ।

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा