मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

news
news
October 12, 3:12

मुगु -मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर मगरले छायाँनाथ रारा नगरपालिका ७ मा उक्त बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको पुष्टि गरे। 

बसमा ३९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार घटनास्थल अफ्ठ्यारो ठाउँमा रहेकाले एकिन विवरण आउन बाँकी छ ।

बसमा सवार धेरै जना यात्रु घाइते रहेकाले मृत्तकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । नेपालगञ्जबाट दसैंका लागि घर हिँडेका यात्रु लिएर गमगढी जाँदै गरेको बस  दुर्घटना मा परेको हो ।  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा