विप्लव समूहका कार्यकर्ता देखी भ्रष्ट्राचारीका आरोपीसमेतले पाए ‘संविधानसभा पदक’

rastapati-2-768x530
rastapati-2-768x530
May 30, 1:54

सरकारले संविधान निर्माणमा योगदान पुर्याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषण गर्दैछ ।

गणतन्त्र दिवसको अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विषेश कार्यक्रम आयोजना गरी संविधानसभा पदक वितरण गरिरहेकी छन् । पदक वितरण बेलुका ५ बजेसम्म जारी रहनेछ ।

संविधान सभा पदक पाउनेहरु २०६४ र २०७० मा भएका दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासद छन् । पदक पाउनेमध्ये एक नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीकै नाम छ ।

राष्ट्रपतिपछि प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरूलगायतको नाम वरियताका आधारमा राखिएको छ ।

हाल प्रतिबन्धित ’विप्लव’ नेतृत्वको नेकपाका तीन नेताले पनि यो पदक पाउने भएका छन् । विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, सन्तोष बुढा मगर र उमा भुजेल पदक पाउने सुचीमा छन् । पदक वितरण कार्यक्रम बिहीबार बिहान सुरु भएर अपराह्न ५ बजेसम्म चल्ने राष्ट्रपति कार्यालयले जनाएको छ । पदक पाउनेको सुचीमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्रीद्वय टेकप्रसाद गुरुङ र बद्री न्यौपाने पनि रहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा