सूदुरपश्चिम लाई पराजित गर्दै प्रदेश ३ सेमिफाइनलमा प्रवेश

Cri
Cri
June 03, 6:56

काठमाडौं, २० जेठ – काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पारस खड्काको कप्तानिमा रहेको प्रदेश ३ सेमिफाइनलमा पुगेको छ ।

सोमबार भएको खेलमा सूदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ ले सेमिफाइनलमा स्थान बनाएको हो । मुलपानी क्रिकेट मैदानमा भएको खेमला सूदुरपश्चिम प्रदेशले दिएको १ सय ५५ रनको सामान्य लक्ष्य प्रदेश ३ ले ३२ ओभर २ बलमा ४ विकेट गुमाउँदै १ सय ५५ रन पुरा र्गयो । प्रदेश ३ का लागि इशान पाण्डेले अर्धशतकीय पारी खेले ।

८४ बल खेलेका उनले ६ चौकाको सहयोगमा ५३ रन बनाए । त्यस्तै आदिल खानले ३३ रन जोड्दा कप्तान पारस खड्का २६, रविन जोशी १३, जितेन्द्र ठकुरी १२ र रित गौतमले ११ रनको योगदान गरे ।

बलिङतर्फ सूदुरपश्चिम प्रदेशका लागि महेश अधिकारी, विनोद लामा, शेर मल्ल र विकाश अगरीले समान एक एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सूदुरपश्चिम प्रदेशले ४५ ओभर १ बलमा अल आउट हुदै १ सय ५४ रन बनाएको थियो । सूदुरपश्चिम प्रदेशका लागि खड्का बोहोराले सर्वा्धिक ४० रनको योगदान गरे ।

त्यस्तै रोशन अधिकारीले २७ रन जोड्दा नरेश बोहोराले २६ र कप्तान शेर मल्लले १४ रन जोडे । बलिङतर्फ प्रदेश ३ का सुर्य तामाङले सर्वा्धिक तीन विकेट लिए । त्यस्तै प्रतिस जिसी र जितेन्द्र ठकुरीले समान दुई–दुई विकेट लिदा नन्दन यादवर कप्तान पारस खड्काले समान एक÷एक विकेट लिए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा