विद्यार्थीको हात भाच्ने शिक्षिकाविरुद्ध मुद्धा

Teacher
Teacher
June 05, 12:46

रोल्पा, २२ जेठ - विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गर्नुभएकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिकी थिइन्। स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’सम्बन्धी मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरीले जनाएको छ।

थप अनुसन्धानका लागि १० दिन म्याद थप गरी होलेरी इलाका प्रहरी कार्यालय शिक्षिका पुनलाई सोमबार विद्यालय छुट्टी भएपछि प्रहरीले पक्राउ गरेको थियो। अपराध संहिता २०७४ को दफा ११८ बमोजिम उनलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजायसम्म हुनसक्ने कानूनविद्हरुले बताएका छन्।

उनले विद्यार्थीलाई कुटपिट गरी हातै भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी नायब उपरीक्षक) दीपक खड्काले पक्राउ गर्न निर्देशन दिएका थिए। सो घटनामा कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका थिए। आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हातको प्लाष्टर गरिएको थियो।

उनीहरूको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संलग्न चिकित्सक घनश्याम शर्माले जानकारी दिए। शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए ।

आफूहरु लाइन लाग्दै गरेको बेला उनले अन्धाधुन्ध लट्ठी चलाउन शुरु गरेको छात्रा भीमकुमारी बाँठाले बताइन्।  घटना वैशाख १२ गते भएको भए पनि वडाध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गराइएको हल्लेरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए। 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा