गाउँमा सिंहदरबार होईन भ्रष्टाचार पुगेको छ : हुमागाँइ

Hu8magain
Hu8magain
June 05, 3:46

डोटी, जेठ २२ - नेपाली काँगे्रसका केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले गाउँगाउँमा भ्रष्टाचार मौलाएको बताए । नेपाली काँग्रसको जागरण अभियानका क्रममा डोटीका सबै स्थानिय तहहरुमा पुगेका केन्द्रिय सदस्य हुमागाँइले बुधबार नेपाल प्रेस युनियन डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलमा यस्तो बताएका हुन् । प्रदेश सरकारले कार्यकर्ता मुखी योजनाहरु बाँडेको भेटियो केन्द्रिय सदस्य हुमागाँइले भने,‘आफु निकटका कार्यकर्ताहरुलाई प्रदेशबाट योजना हाल्ने ३० प्रतिसत कमिसन खाने जस्ता कार्यहरु भएका छन् । तसर्थ गाउँगाउँमा सिंहदरबार होइन भ्रष्टाचार पुगेको छ ।’ वर्तमान सरकार भ्रष्टचारको संस्थागत विकास तर्फ उन्मुख भइरहेको उनले आरोप लगाए ।

वर्तमान सरकार संविधानको मुल मर्मलाई कुल्चेर अगाडी वडीरहेकाले सवैले सजग हुनु पर्ने वेला आएको समेत केन्द्रिय सदस्य हुमागाईले बताए । वर्तमान सरकारले कार्यपालिका ,न्यायपालिका , व्यवास्थापिकालाई समेत आफ्नो नियन्त्रणमा लिएको समेत उनले आरोप लगाएका छन् । सरकार पक्षपाति,मनोमानि शासन संचालन गरी मुलुकलाई निरकुंसता हुदै कम्यूनिष्टले अधिनायक वाद तर्फ लगीरहेको उनले वताए । मिडिया काउन्सील विद्येयक पत्रकार माथिको ‘कु’ भएको वताउदै वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई अहिलेको सरकारले कु गर्न खोजेको वताए ।

वर्तमान सरकारले तिनवटै तहका सरकार संग सम्वनय गरेर अगाढी नवढे देशमा फेरी संकट उत्पन हुने उनले वताए । एक महिने जागरण अभियानका क्रमममा २३ वटा औपचारीक कार्यक्रममा डोटीमा ३ हजार भन्दा वढी मत जोडीएको समेत केन्द्रिय सदस्य हुमागाईले बताए । उक्त पत्रकार सम्मेलन नेपाल प्रेश युनियन डोटी शाखाका अध्यक्ष प्रकाश वमको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा