बिश्व वातावरण दिवशमा धनगढीमा सरसफाई

Green Clean Dhangadhi.
Green Clean Dhangadhi.
Green Clean Dhangadhi
Green Clean Dhangadhi
June 05, 4:02

धनगढी, २२ जेठ– बिश्व वातावरण दिवशको अवसरमा आज धनगढी बजारमा सरसफाई गरिएको छ ।  धनगढी उप–महानगरपालिकाको सहयोग र यूवा शान्ति परिषद नेपालको आयोजनामा बजारको कैलाली नाला देखि जिल्ला प्रहरी कार्यालय कैलाली सम्मको बजार क्षेत्रमा सरसफाई गरिएको हो । त्यसैगरी धनगढी उप–महानगरपालिकाको समन्वयमा बन तथा बातावरण बिभागले नेपाल स्वच्छ वातावरण महाअभियान अन्तरगत सरसफाई कार्यक्रममा सहभागिता जनाएको थियो । सोही क्रममा बन तथा बातावरण बिभागले धनगढी उप–महानगरपालिकालाई ३ सय डस्टविन हस्तान्तरण समेत गरेको थियो ।
लेडिज जेसिस धनगढीले बिश्व वातावरण दिवशको अवसर पारेर बुधवार नै धनगढी उप–महानगरपालिका क्षेत्रका पर्खालहरुमा हरियो रंग लगाउने अभियानको सुरुवात गरेको छ । उक्त अभियानको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशिला मिश्र भट्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए । धनगढी उप–महानगरपालिकाले ग्रीन क्लीन धनगढी अभियान अन्तरगत नगरका भवनहरुमा हरियो रंग लगाउने कार्यलाई अगाडी बढाएको छ ।
धनगढी उप–महानगरपालिका एक्लैले चाहेर मात्रै नगरको सरसफाई पूर्ण हुन सक्दैन नगरप्रमुख नृपबहादुर वडले भने,त्यसका लागि सबै क्षेत्रको हालेमालो आवश्यक छ । धनगढी उप–महानगरपालिकाले घरभित्रको फोहर बटुलेर नालीमा फाल्नेलाई कार्वाहीको दायरामा ल्याउने पनि नगरप्रमुख वडले बताए । सरसफाई कार्यक्रममा उद्योग बाणिज्य संघ कैलाली, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्ला रेडक्रम सोसाईटी कैलाली, जिल्लाका सरकारी तथा गैरसरकारी संघसंस्थाको समेत सहभागिता रहेको थियो ।
बिश्व वातावरण दिवशकै अवसर पारेर डिभिजन बन कार्यालय कैलालीको आयोजनामा बृक्ष रोपण गरिएको छ । सव डिभिजन बन कार्यालय तारानगर धनगढीको परिसरमा बृक्षा रोपण गरिएको हो । बृक्षा रोपण कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशी लगायतका ब्यक्तिहरुको उपस्थीति रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा