वायु प्रदुषण विरुद्ध एरिष्टोका विद्यार्थीले गरे हस्ताक्षर संकलन

Aristo
Aristo
June 05, 4:29

धनगढी, जेठ २२ – ४५ औं विश्व वातावरण दिवसको अवसरमा एरिस्टो माध्यमिक विद्यालयका विद्यार्थीहरुले हस्ताक्षर संकलन अभियान सम्पन्न गरेका छन् । धनगढी स्थित क्याम्पस चोकमा ‘वायु पदूषण विरुद्ध हाम्रो अभियान’ भन्ने नाराका साथ एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुले वायु प्रदुषण विरुद्ध हस्ताक्षर संकलन गरेका हुन् । 
रूख रोपौं, सरसफाई गरौं, प्लास्टिक प्रयोगको विकल्प रोजौं र प्रदूषणरहित यात्रा गरौं भन्ने सन्देश सम्प्रेषण गर्ने मूल उद्देश्य राखी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

1


कार्यक्रममा वायु प्रदुषण विरुद्ध हस्ताक्षर अभियान चलाउनुका साथै सांस्कृतिक कार्यक्रम र जनचेतना मुलक पोस्टर तथा पम्पलेट प्रदर्शन गरिएको थियो । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालले हस्ताक्षर ब्यानरमा हस्ताक्षर गर्दै उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । बढ्दै गरेको वातावरण प्रदूषणले मानव जीवन र पृथ्वीमा निम्त्यको समस्या जटिल बन्दै गएको परिस्थितिमा भबिष्यका कर्णाधार मानिने विद्यार्थीहरुले गरेको कार्यक्रमले महत्त्वपूर्ण अर्थ राख्ने भन्दै वडाअध्यक्ष बरालले उक्त अभियानमा ऐक्यबद्धता जनाउनु भयो साथै विद्यार्थीले गरेको कामको उच्च प्रसंशा पनि गर्नु भयो । 

1


विहान ९ बजेदेखि सन्चालित उक्त हस्ताक्षर अभियान तथा वातावरण सम्बन्धी सांस्कृतिक कार्यक्रम दिउँसो १२ बजे समापन भएको थियो । समापन पश्चात विद्यार्थीहरूले हस्ताक्षर पुस्तिका, हस्ताक्षर ब्यानर र  वातावरणीय सन्तुलन कायम गरिदिन अनुरोध गरिएको निवेदन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडलाई  बुझाएका छन् । विद्यार्थीको निवेदन बुझ्दै नगर प्रमुखले यस कार्यमा उपनगरपालिकाको ध्यान गएको बताउँदै फोहरमुक्त शहर धनगढी बनाउन सबैको सहयोग रहनुपर्ने कुरा बताउनु भयो ।
वायु प्रदूषण विरूद्वको  हस्ताक्षर अभियानको पुस्तिकामा करीव ५ सयभन्दा बढी महानुभावले हस्ताक्षर गरेका थिए ।

2


 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा