अदालतको गरिमा राख्न प्रधानन्यायाधीशलाई नेपाल पत्रकार महासंघको आग्रह

news
news
November 17, 3:10

१ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघले अदालतको गरिमाको रक्षा गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आग्रह गरेको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै महासंघले प्रधानन्यायाधीश जबराको नाम उल्लेख नगरी जिम्मेवार बन्न न्यायालय नेतृत्वलाई आग्रह गरेको हो ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ नेपाल बार एशोसिएसनले उठाएका सवालहरू र नागरिक तहबाट उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई हार्दिक आग्रह गर्दछ ।’

मुलुकको संवैधानिक निकाय सर्वोच्च न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चार्यजनक मौनताप्रति पनि महासंघले चासो प्रकट गरेको छ । महासंघले संसद्, सरकार र राजनीतिक दललाई सर्वोच्चमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल र अग्रसरताको लागि अपिल समेत गरेको छ ।

नेपालको संविधानले परिकल्पना गरेको शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप खडा भएको सर्वोच्च न्यायलय स्वच्छ, मर्यादित र विश्वास योग्य हुनुपर्छ भन्ने मान्यतामा महासंघ अडिग रहेको जनाएको छ ।

सर्वोच्च अदालतको नेतृत्वप्रति गैरन्यायिक आचरणको प्रश्न उठाउँदै नेपाल बार एशोसिएसनले आन्दोलन गर्नुपर्ने अवस्था सृजना हुनु दुःखद् विषय भएको भन्दै महासंघले आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल पुर्‍याउन आग्रह गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा