रोहित शर्माको अर्को उपलब्धी, अष्ट्रेलिया विरुद्ध दुई हजार रन हान्ने दोस्रो भारतीय खेलाडी
इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको आइसीसी विश्वकप क्रिकेटको पहिलो खेलमा भारतीय क्रिकेटर रोहित शर्माले शतक प्रहार गरे।
दोस्रो खेलमा अष्ट्रेलिया विरुद्ध उनले अर्धशतक प्रहार गरे। पहिलो खेलमा शतक हानेपछि धेरै शतक हान्नेमा सौरभ गांगुलीलाई पछि पारेका रोहितले दोस्रो खेलमा पनि अर्को उपलब्धी हात पारेका छन्।
उनी अष्ट्रेलिया विरुद्ध २ हजार रन प्रहार गर्ने दवस्रो भारतीय खेलाडी बनेका छन्।
लण्डनको केनिङ्गटन ओभलमा भइरहेको खेलमा रोहितले अष्ट्रेलिया विरुद्ध ओडिआईमा २ हजार रन पूरा गरेका हुन्।
खेलअघि रोहितले उक्त उपलब्धी हात पार्न २० रन चाहिएको थियो। उनले १३औं ओभरमा ग्लेन म्याक्सवेललाई बाउण्ड्री प्रहार गर्दै २ हजार रन पूरा गरे।
यसअघि भारतका सचिन तेन्दुलकरले अष्ट्रेलिया विरुद्ध २ हजार रन पूरा गरेका थिए। सचिन अष्ट्रेलिया विरुद्ध ओडिआईमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुने। उनले ३ हजार ७० रन बनाएका छन्।
रोहित समग्रमा चौथो स्थानमा छन्। वेष्ट इन्डिजका डेसमोन्ड हाएन्स ९२२६२० र भिभियन रिचर्ड्सले ९२१८७० ले पनि अष्ट्रेलिया विरुद्ध २ हजार रन पूरा गरेका छन्।
तर रोहित सबैभन्दा छिटो यो उपलब्धी हात पार्ने खेलाडी बनेका छन्। उनले ३७ इनिङ्समै यो सफलता हात पारे।
रोहितले अष्ट्रेलिया विरुद्ध ७० बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ५७ रन बनाए। नाथन कुल्टर नाइलको बलमा विकेटकिपर एलेक्स केरीबाट क्याचआउट हुनुअघि उनले शिखर धवनसँग मिलेर पहिलो विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए।