धनगढीको नवजीवन अस्पतालमा आइसियु सेवा सञ्चालनमा

Nawajeeban Hospital
Nawajeeban Hospital
June 10, 3:10

धनगढी, जेठ  २७ - धनगढीको नवजीवन अस्पताल प्रालीले आजदेखि सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले एक समारोह बिच आज आइसियु कक्षको उदघाटन गरे ।
झण्डै दुई करोडको लागतमा अस्पतालले भेन्टिलेटर सहित ६ वेडको आइसियु सेवा सञ्चालनमा ल्याइएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष एज्ञराज ढुंगानाले बताए ।

आइसियु अभावमा भारत लगायतका अन्य ठाउ जानु पर्ने बाध्यताको अनत्य गर्न आइसियु संचालमा ल्याइएको ढुंगानाले बताए । आइसियुको वेड चार्ज प्रतिदिन चार हजार रुपैंया र भेन्टीलेटर चार्ज प्रतिदिन ३ हजार रुपैंया तोकएिको छ ।

हाल ५० शैया रहेको अस्पताल थप ५० शैया स्तरोन्तीको तयारीमा छ । अस्पतालले न्युरो सर्जन बाहेकका सवै विषेशज्ञ सेवा प्रदान गर्दै आएको छ । त्यसका बाहेक नेपाल सरकार द्वारा सञ्चालीत प्रोत्साहन भत्ता सहितको निःशुल्क आमा सुरक्षा कार्यक्रम पनि प्रदान गर्दै आएको अस्पतालले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा