बझांगमा सातौँ उद्योग दिवस भव्य रूपमा सम्पन्न
बझाङ । सातौँ उद्योग दिवस भव्यतासाथ सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुरको आयोजनामा सातौँ उद्योग दिवस मनाएको हो ।
बझाङ जिल्लामा रहेको घरेलु कार्यालयको आयोजनामा स्वदेशी उद्यम र उत्पादन दिगो औद्योगिक पुनरुत्थान भन्ने मूल नाराका साथ चैनपुर बजार परिक्रमा गरिएको थियो ।
कार्यक्रममा घरेलु कार्यालय प्रमुख बोहराले कार्यपत्र पेस गर्दै भने अब युवाहरूले जाग्नु पर्छ ,विदेशमा हैन अब स्वदेशमै केही गर्नु पर्छ भन्दै,सबैलाई उद्यमी बन्न अनुरोध गरिएको हो । उहाँले भन्नू भयो घरेलु कार्यालयले विभिन्न सिप विकास तालिम सञ्चालन गर्दै आएको भन्दै तालिम लिएर घरमा बस्नु भन्दै सीप स्रोतको व्यावसायिक गरी अगाडि बढ्नु पर्ने उहाँले बताए । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका सुर्मेलीले भन्नू भयो, युवालाई हाम्रो सहयोग छ । जागाै लागाै स्वदेशमै रोजगारी शृर्जना गराै भन्दै एकेव्दता भएर अगाडि बढ्न अनुरोध गरिएको हो ।