देशको शिर निहुरिने काम गर्दिनँ र गर्न दिन्नँ : मन्त्री आले

news
news
December 08, 12:56

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशको शिर निहुरिने खालका कुनै पनि काम र गतिविधि नगर्ने बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा मन्त्रालयले आज मङ्गलवार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले तीन करोड नेपाली नागरिकको हितका लागि काम गर्न आफू मन्त्री भएकाले पदमा रहँदा वा नरहँदा गलत काम कहिल्यै पनि नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली नागरिक र देशको हित हुने बाहेक म अन्य कुनै पनि गलत काम गर्दिनँ र गर्न पनि दिन्नँ ।’

कसैको दबाबमा पनि गलत काम नगर्ने र त्यस्ता कार्य गर्नेलाई कारबाही गरिने समेत मन्त्री आलेले बताउनुभयो । मन्त्री भएको दुई महिनामै आफूले मन्त्रालय र मातहतका निकायमा हुँदै आएका कमजोरी गलत कामलाई निरुत्साहित गर्दै आएको उहाँको दाबी छ । मन्त्रालय तथा मातहतका निकायमा हुने गरेका कमजोरीका बारेमा जानकारी भए आफूलाई जानकारी दिनसमेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा धेरैजसो वक्ताहरूले नेपालका विमानस्थलमा पलाएका घाँसमा चराचुरुङ्गीले गुड बनाउने भएका कारण चरा र जङ्गली जनावर विमानमा ठोकिने र ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेकाले विमानस्थल आसपासमा पलाएका ठूला घाँस हटाउनुपर्ने माग राखेका थिए । वक्ताहरूले राखेका मागको सम्बोधन गर्ने क्रममा मन्त्री आलेले विमानस्थलमा उम्रिएका घाँस तत्काल काट्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपाल वायु सेवा निगमलाई माथि उकास्नका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । यसैगरी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले विमानस्थल तथा नेपाल वायु सेवा निगमा सुधारका काम भइरहेको जानकारी दिनुभयो । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा