धनगढी कपको उपाधि स्टेपिङ स्टोनलाई 

Ste
Ste
June 18, 6:16

धनगढी, ३ असार - धनगढीमा गत जेठ २८ गतेबाट सुरु भएको धनगढी कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि स्टेपिङ स्टोन स्कुलले हात पारको छ । फाइनलमा आज शारदा विद्या निकेतनलाई ५ विकेटले पराजित गर्दै स्टेपिङले उपाधि उचालेको हो । स्टेपिङको जितमा रोशन विष्टले सर्वाधिक १८ रन र मनोज कुँवरले ४ विकेट लिए । 
यस अघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको शारदाले १७ ओभरमा पुरै विकेट गुमाएर ६९ रन बनाएको थियो । उसका प्रान्जल बलमा सर्वाधिक १७ रन बनाए । 
उपाधि संगैं टेपिङले २५ हजार नगद र ट्रफी प्राप्त गरेको छ । शारदाले भने १२ हजारमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ द म्याच स्टेपङिका मनोज कुँवर भए । 

1


प्रतियोगिताको प्लेयर अफ द सिरिज भएका वीरेन्द्र ढुङ्गेलले २ हजार प्राप्त गरे । वेस्ट ब्याट्सम्यान विजय गुप्ता, वेस्ट बलर मनोज कुँवर र उदीयमान खेलाडी मुकेश शाह भए । उनीहरूले नद १/१ हजार प्राप्त गरेका छन् । 
विद्यालयस्तरका खेलहरूको निरन्तरताका लागि प्रतियोगिता आयोजना गरिएको लिटल प्रतियोगिताका निर्देशक हरीश शाहीले बताए । समापन समारोहका प्रमुख अतिथि प्याब्सन केन्द्रीय सदस्य दीपक सुरि रहेका थिए ।
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा