उप–महानगरपालिकाद्धारा खेलाडीको बिदाई

1
1
June 19, 5:30

धनगढी, असार ४ - राष्ट्रिय उप–मेयर कप महिला फुटवलमा सहभागि हुन जाने महिला खेलाडिहरुको बुधवार धनगढीमा बिदाई गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशिला मिश्र भट्टले टिका र खादा लगाएर बिदाई गरेका हुन । धनगढी बाट २५ जना महिला खेलाडीहरु काठमाण्डौ हिडेका हुन । राष्ट्रिय उप–मेयर कप महिला फुटवल सशस्त्र प्रहरीको खेलमैदान हलचौक काडमाण्डौका जेठ ३१ गते बाट सुरु भएको छ । धनगढीका खेलाडीहरु असार ६ गते खेल खेल्दै छन् ।
अनुशासन र उच्च मनोवलका साथ खेल खेल्नुहोला धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, धनगढीका खेलाडी राम्रो मात्रै खेल्दैनन् अनुशानित पनि छन् भन्ने सन्देश छोडेर आउनु होला । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले खेलमा हार र जित भन्दा सहभागिता ठूलो कुरो भएको बताईन । अनुशासित भएर खेलमा सहभागि हुनु होला उप–प्रमुख भट्टले भनिन्,अनुशासित भएर खेल खेलेमा जित सुनिश्चत छ । 
बिदाई कार्यक्रममा धनगढी उप–महानगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु कोईराला, फुटवल संघका केन्द्रिय सदस्य प्रकाश बिष्ट, कैलाली फुटबल संघका अध्यक्ष मोहित शाह लगायतको उपस्थीति रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा