बझाङका विभिन्न ७ स्थानमा नेटवर्क नहुँदा समस्या

news
news
January 02, 10:59

कल्पना उपाध्याय 
बझाङ,१८ पुष  / 
 जिल्लाको छबिस पाथिभेरा गाउँपालिका(७ का विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क नहुँदा स्थानीय समस्यामा परेका छन् ।

बिहान बेलुका टेलिकमको नेटवर्क नहुँदा सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ का दमन धामिले बताए । उनले भने “सञ्चार माध्यमको बिषयमा धेरै कुरा नगरौं, सामान्य फोन गर्नका लागि पनि २ घण्टाको पैदल यात्रापछि बल्ल मोबाईलमा नेपाल टेलिकमको नेटवर्क भेटिन्छ” । यसले गर्दा जरुरी कामका लागि समेत सञ्चार विहिन हुनु परेको छ । नजिकैको लेकगाउँमा नेपाल टेलिकमको फोर जि टावर छ, हाम्रो गाउँघरमा सामान्य फोन गर्न समेत भ्याउँदैन उनले थपे”।

कुनैपनी बिपद आपत आईलाग्दा,समस्या उत्पन्न हुँदा गुहार कसलाई र कसरी भन्ने रु मजखोरिका शिरिस मण्डेलको भनाई छ । गाउँपालिकाका अन्य ठाउँमा फोर जि नेटवर्कले काम गरेपनी मजखोरी, नौरा, घट्टे बुडखोरी र खोरी गाउँका बासिन्दा नेटवर्क नहुँदा अझै मर्कामा परेका छन् । दिउँसो घाम लागेको बेला मात्रै नेटवर्कले काम गर्ने गरेको र साँझपख ‘नेपाल टेलिकमको नेटवर्कले काम गर्न छोडेको धेरै भईसकेको छ । अहिले सम्म नेटवर्क सुधार गरिएको छैन् अर्का स्थानीय सुबास मण्डेलले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा