विश्वकप क्रिकेट : केन विलियमसनले शतक प्रहार गरेपछि न्यूजिल्याण्डको अपराजित यात्रा कायमै, दक्षिण अफ्रिकाको चौथो हार

World Cup
World Cup
June 20, 7:18

असार ५ -

कप्तान केन विलियमसनले कप्तानी इनिङ् खेल्दै शतक प्रहार गरेपछि न्यूजिल्याण्डले आइसीसी विश्वकप क्रिकेट २०१९ मा दक्षिण अफ्रिकालाई पराजित शीर्ष स्थानमा उक्लेको छ। साविक उपविजेता समेत रहेको किवी टोलीले अपराजित यात्रा समेत कायम राखेको छ। बुधवार भएको खेलमा न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको हो। जितपछि ५ खेलबाट ९ अंक जोड्दै न्यूजिल्याण्ड शीर्ष स्थानमा उक्लेको हो।

उता चौथो हारपछि ६ खेलबाट ३ अंक मात्र रहेको दक्षिण अफ्रिका शीर्ष चारको होडबाट लगभग बाहिरिएको छ। ४९ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर २४१ रन बनाएको थियो। विलियमसनले नटआउट १०६ रन बनाएपछि न्यूजिल्याण्डले ४८.३ ओभर खेल्दै लक्ष्य पूरा गरेको हो।

१३७ रन हुँदा ५ विकेट गुमाएपनि विलियमसन र कोलि डे ग्राण्डहोमले छैटौँ विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदरी गर्दै जितको आधार तयार गरे। विलियमसनले १३८ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे। ग्राण्डहोमले ४७ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ६० रन बनाए।

दक्षिण अफ्रिकाका क्रिस मोरिसले ३ विकेट लिए। तयसअघि दक्षिण अफ्रिकाको लागि हासिम अमलाले ५५ र भान डे डुसानले नटआउट ६७ रन बनाएका थिए। बलिङमा लकी फर्गुसनले ३ विकेट लिएका थिए।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा