निःशुल्क आँखा जाँच शिविरमा ७ सय जनाले जँचाए आँखा 

EYE Care done
EYE Care done
June 22, 7:17

धनगढी, असार ७ - धनगढी जेसीजले आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा ७ सय जनाले आँखा जँचाएका छन् । धनगढी जेसीजको आयोजना, जोशी अप्टिकल्स एवं आइ केयर सेन्टरको सौजन्य र राइजिङ्ग स्टार इङ्लिस बोर्डिङ स्कुलको आर्थिक सहयोगमा शनिवार धनगढीको डुङ्गेबजारमा रहेको राइजिङ्ग स्टार इङ्लिस बोर्डिङस्कुलमा शिविर सम्पन्न भएको हो । 
शिविरमा ७ सय जनाले आँखा जँचाएको र २२ जनाको मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको शिविरका संयोजक कलेन्द्र शाहीले जानकारी दिए । शिविरमा एक जना १ सय वर्षका वृद्धले समेत आँखा जँचाएका छन् । आँखा जाँचमा पुरुष भन्दा महिलाको अत्यधिक सहभागिता रहेको उनको भनाइ छ । शिविरमा अधिकांसका आँखामा चिलाउने र विझाउने समस्या रहेको पाइएको छ ।

1

‘मानवताको सेवा जीवनको सर्वोत्तम सेवा हो भन्ने’ जेसीजको उद्देश्य सहित धनगढी उपमहानगरपालिका ६ ढुंगेबजारमा रहेको राइजिङ्ग स्टार इङ्लिस बोर्डिङ स्कुलको परिसरमा शिविर आयोजना गरिएको थियो । 

1

शिविरको शनिवार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले उद्वघाटन गरिन् । शिविर उद्वघाटन गर्दै उनले जेसीजले समाज सेवाका लागि गरेका कामहरूको प्रशंसा गरिन् । यस्ता कामहरूको निरन्तरका लागि पनि समेत उनले जेसीज परिवारलाई आग्रह गरिन् ।  

1

राइजिङ्ग स्टार इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल  तथा धनगढी जेसीजका कार्यकारी उपाध्यक्ष समेत रहेका कलेन्द्र शाहीले स्वास्थ्य सेवाको पहुँचमै रहेर पनि आँखा जाँच नगराउने नागरिकको सेवाका लागि शिविर सञ्चालन गरेको बताए । साथै विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई लक्षित गरेर शिविर संचलन गरेको उनले बताए । 
‘धनगढी जेसीजले विगत वर्षहरूबाटै थुप्रै सामाजिक कार्यहरू गर्दै आएको छ,’ उनले भने ‘हाम्रो घर नजिकै स्वास्थ्य संस्था छन्, तर आँखा र स्वास्थ्य नियमित जाँच गराउनुपर्छ भन्ने बानीको विकास भइसकेको छैन । त्यसका लागि पनि हामीले यो शिविर आयोजना गरेका हौँ ।’ 
कैलाली कञ्चनपुरमा आएको हावाहुरी पछि धेरै नागरिकहरू आँखाको समस्याबाट ग्रसित भएकाले उनीहरूलाई समेत लक्षित गरेर शिविर सञ्चालन गरिएको धनगढी जेसीजका अध्यक्ष नरेन्द्रराज अवस्थीले बताए ।

जोशी अप्टिकल्स एवं आइ केयर सेन्टरले विगतमा पनि विभिन्न ठाउँहरूमा आँखा जाँचका शिविर सञ्चालन, सहकार्य र सौजन्य गर्दै आएको छ । सेन्टरका सञ्चालन युवराज जोशीले आफूले समाज सेवाको भावना राखेर शिविर सञ्चालन गर्दै आएको  बताए । यसलाई आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाइ छ । 

1

 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा