Aagan-cakes-web-banner-2

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण

news
January 05, 9:11

काठमाडौँ,२१ पुस । सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधवारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ निर्धारण गरेको छ । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो ।

किसानले ६५० रुपैयाँ प्रतिमेट्रिक टन माग गरेका थिए भने उद्योगीहरूले ५८० रुपैयाँ मेट्रिकटन हुनुपर्ने माग गरेका थिए । उखुको मूल्य निर्धारण नहुँदै उखु किसानले चिनी मिलमा उधारोमा आफ्नो उखु दिन शुरू गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

डोटीको बडिकेदारमा असिना पानीले हिउँदेबाली नष्ट
डोटी,२८ पुष /  डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ। सोमबार… विस्तृतमा
डोटीमा सुन्तला किसानलाई क्यारेड र डिजिटल तराजु वितरण
डोटी,२२ पुष / केआइसिंह गाउँपालिका–४ का सुन्तला खेती गर्दै आएका किसानलाई सुन्तला राख्न र जोख्नका… विस्तृतमा
काँचो अदुवाको मुल्य नहुँदा खालि डाँडोमा सुठो बनाउँदै
डोटी १९ पुष / डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ को काउलेबजार नजीकको खालि डाँडोमा स्थानिय… विस्तृतमा
पुनर्वासमा व्यवसायतर्फ उन्मुख बनाउँदै : निड्स नेपाल…
पुनर्वास – निड्स नेपाल नामक संस्थाले कञ्चनपुरको पुनर्वासमा विभिन्न किसिमका शीपमूलक र अनुदानका… विस्तृतमा