डडेल्धुराको परशुराम नगरपालिकामा कोरोनाका कारण सेवा बन्द

news
news
January 09, 5:46

डडेल्धुरा २४ पुष / डडेल्धुराको परशुराम नगरपालिकाका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाले तीन दिनका लागि अति आवश्यकबाहेकका सेवाहरू बन्द गरेको छ। एक सूचना जारी गर्दै नगरपालिकाले आइतबारदेखि मंगलबारसम्म सेवाहरू बन्द गरेको हो।

तर, नगरपालिकाको कार्यालय मातहतका अन्य सम्पूर्ण कार्यालयबाट प्रदान गरिने सेवा यथावत् रहने बताइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुका अनुसार कोरोना संक्रमण देखिएका कर्मचारीमध्ये एक जना केही साताअघि काठमाडौंबाट आएका थिए।

संक्रमण देखिएका कर्मचारीहरू आइसोलेसनमा बसेका छन्। उनीहरूको सम्पर्कमा आएका अन्य कर्मचारीहरूको कोरोना परीक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत पनेरुले बताए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा