धनगढीमा मोबाइल चोर्ने प्रहरी निलम्बनमा

news
news
January 22, 12:22

धनगढी, ८ माघ / कैलालीको धनगढी चौराहमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई प्रहरी निलम्बनमा परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका हुन् ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले उनीहरुविरुद्ध चोरी मुद्धा दर्ता  भएको बताए । उनले भने, पाँच दिनको म्याद थप भएको छ । म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेका छन् ।’

लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरी पुगेका माल र बुढालले चोरी गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले मुद्धा दर्दा गरेर हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको थियो । 

भिडियो सार्वजनिक हुनुअघि सोही मोबाइल ग्यालरीबाट धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का दोर्णबहादुर रावल, वडा नम्बर २ का टेक बिष्ट र वडा नम्बर ४ का मनिष भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट १।५५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा