एसईईको नतिजा आज सार्वजनिक हुँदैन : राष्ट्रिय परीक्षा बोर्ड

neb
neb
June 26, 6:15

काठमाडौँ, ११ असार — माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने सम्भावना नरहेको स्पष्ट पारेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेले आज (बुधबार) नतिजा सार्वजनिक नहुने पुष्टि गरे ।

‘आज रिजल्ट हुँदै हुँदैन, नतिजा प्रकाशनको तयारी चलिरहेको छ,’ उनले भने, ‘अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेको छ, सकिनासाथ नतिजा सार्वजनिक हुन्छ ।’ परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पनि आज नतिजा सार्वजनिक गर्ने कुनै तयारी नरहेको जनाए ।

नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नु पर्छ । बुधबार मध्यान्हसम्म बोर्ड बैठक डाकिएका छैन । बोर्डका एक सदस्यले भने, ’यतिखेर त बैठक बोलाइ सक्नुपर्ने हो । बोलाइएको छैन। रिजल्ट हुने सम्भावना देख्दिनँ ।’

यतिबेला पनिकाका कर्मचारीहरुले नतिजा सार्वजनिकका लागि अन्तिम रुजु र क्रस चेकिङको काम गरिरहेका छन् । कुनै प्राविधिक समस्या उत्पन्न नभए बिहीबार रिजल्ट सार्वजनिक हुने सम्भावना बढी रहेको अधिकारीले जनाए ।

‘कम्प्युटरमा प्रविधिकहरु डाटा इन्ट्रीसँगै रुजु गरिरहेका छन,’ उनले भने, ‘कुनै वाधाअवरोध नभए ४८ घण्टा भित्रसम्म नतिजा आउँछ ।’ मंगलबार अपराह्न र बुधबार बिहानैदेखि नतिजा प्रकाशन हुने खबर विभिन्न अनलाइन तथा सोसल मिडियामा छ्याप्छ्याप्ती भएको थियो ।

अधिकारी ती समाचार र सूचनाको खण्डन गर्दै भने, ’रिजल्ट प्रकाशनको तयारी गर्दा कामको चापअनुसार केहीघण्टा तलमाथि हुनसक्छ । यसैले कार्यालयले नतिजा प्रकाशनको मिति र समय तय नगरिएको हो । हल्लाको पछि नलागौं ।’

नतिजा सार्वजनिक गर्नु केहीघण्टा अघि सञ्चारमाध्यमहरुलाई समेत खबर गर्ने चलन छ । मुलुकभरबाट ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको हो । नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ ।

गतवर्ष असार ९ गते रिजल्ट भएको थियो । यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा