vivo

कैलालीमा आफ्नै श्रीमतीको हत्या

news
news
January 24, 1:06

धनगढी,१० माघ । कैलालीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नं ९ स्थित बल्मीका परशुराम रोक्का मगरले आइतवार श्रीमती भावना रोक्का मगरको हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरेर परशुराम फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घर झगडाकै बेला रोकामगरले आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

श्रीमतीको हत्या गरी फरार रहेका रोकामगरको खोजी कार्य भइरहेको छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले जानकारी दिए । 

सम्बन्धित वर्गका समाचारहरू

सचिवालय सुदृढीकरण पहिलो प्राथमिकता हुन्छ : धनगढीका…
धनगढी , ८ जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय… विस्तृतमा
डोटीमा जिप माथि रुख खस्दा तिन जना घाइते
डोटी :६ जेठ / डोटीमा हिँडिरहेको जिप माथि रुख खस्दा तिन जना घाइते भएका छन् । जिल्लाको राजपुरबाट… विस्तृतमा
दिपायल शिलगढी नगरपालिका भित्र सुत्केरीलाई एम्बुलेन्स निशुल्क…
डाेटी,६ जेठ / डाेटीकाे दिपायल शिलगढी नगरपालिकाका नवनिर्वाचित जन्प्रतिनिधीहरूकाे  पहिलाे बैठकबाट… विस्तृतमा
धनगढीको एक पसलमा आगलागी, ५ लाख बढी क्षती
धनगढी ४ जेठ/कैलालीको धनगढी स्थित एक किराना पसलमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । धनगढी… विस्तृतमा