
बेहडाबाबा मन्दिर परिसरमा प्रहरी चौकीका लागि भवन निर्माण सुरु

January 24, 1:45
धनगढी, १० माघ / धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मीक आस्थाको केन्द्र बेहडाबाबा मन्दिर परिसरमा प्रहरी चौकीका लागि भवन निर्माण सुरु भएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले भवनको शिल्यान्यास गरेका छन् । प्रहरी चौकीको भवन निर्माणका लागि धनगढी उपमहानगरपालिकाले १० लाख बजेट छुट्याएको नगर प्रमुख नृपबहादुर वडले बताए । ‘१० लाख उपमहानगरपालिकाले छुट्याएको छ’ नगर प्रमुख वडले भने, ‘बाँकी रकम जनश्रमदान गरेर १६ लाख रुपैयाँमा प्रहरी चौकीको भवन निर्माण हुन्छ ।’
बेहडाबाबा मन्दिर व्यवस्थापन समितिले चौकीका लागि १० कठ्ठा जमिन उपलब्ध गराएको अध्यक्ष पदमराज जोशीले बताए । अध्यक्ष जोशीले भने, ‘भवनका लागि काठ मन्दिरले व्यवस्थापन गर्छ बाँकी जनश्रमदान पनि हुन्छ ।’ उनले बढीमा तीन महिनामा निर्माण सम्पन्न हुने बताए ।
May 22, 5:21
May 22, 1:03
May 22, 1:03
June 17, 8:45
June 18, 4:05
June 19, 7:59
June 20, 7:58
सम्बन्धित वर्गका समाचारहरू
May 22, 4:46
धनगढी , ८ जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय… विस्तृतमा
May 20, 10:54
डोटी :६ जेठ / डोटीमा हिँडिरहेको जिप माथि रुख खस्दा तिन जना घाइते भएका छन् । जिल्लाको राजपुरबाट… विस्तृतमा