सुदुरपशिचमका ५ जना सहित १३ प्रहरी सम्पर्कविहीन, ७ दिन भित्र सम्पर्कमा आउन आग्रह

news
news
January 24, 2:44

काठमाडौं  १० माघ  / नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो ।

सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् । सिंह मंसिर १९ गतेदेखि र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा छैनन्।

यसैगरी प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एस.पी., दिल दीक्षित राज के.सी. पनि सम्पर्कमा छैनन् ।

आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

हेर्नुहोस् सूचना

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा