एसईईको नतिजा आज, १ बजे बोर्ड बैठक

1
1
June 27, 7:08

परीक्षा नियन्त्रण कार्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार प्रकाशन गर्ने भएको छ । कार्यालयले नतिजा प्रकाशनको लागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ।

कार्यालयले एसईईको नतिजा बुधबार प्रकाशन तयारी भए पनि पुनः परीक्षणमा नसकिएकाले नतिजा आज सार्वजनिक गर्न लागिएको हो । अन्य कुनै प्राविधिक कारण या बोर्डले फरक निर्णय नगरे नतिजा प्रकाशन हुने छ। विगतमा जेठ मसान्तदेखि असार एक दुई गतेभित्रै एसईईको नतिजा प्रकाशन हुने गरेको थियो।

तर, यसपटक भने प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको कार्यालयको भनाइ छ। गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन्। 

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा