डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने

news
news
February 09, 6:30

धनगढी २६ माघ / सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा विस्तार गर्ने भएको छ । मन्त्रिपरिषद्को माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको हो । मेडिकल कलेज भने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत हुनेछ ।

मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने तथा डडेल्धुरा अस्पताल नै आधार संकाएका रुपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकता साथ अघि बढाउने ।’

प्रतिष्ठानका रुपमा विकास गर्न भन्दै स्वास्थ्य मन्त्रालयले प्रस्ताव लगेको थियो । तर, मन्त्रिपरिषद्ले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ऐनद्वारा व्यवस्था भएपछि सोही बमोजिम जनाएको छ । हाललाई मेडिकल कलेजको रुपमा अगाडी बढाउने सरकारले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा