रुसले युद्धबाट हुने डरलाग्दो मानवीय क्षति र कष्टको जिम्मा लिनुपर्छ स् बाइडन

फाईल तस्बिर
फाईल तस्बिर
February 24, 11:56

काठमाडौं १२ फागुन / अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा युद्धबाट हुने मानवीय क्षति र कष्टको जिम्मेवार रुस हुने बताएका छन् ।

बिहीबार बिहानै एक विज्ञप्ति जारी गर्दै बाइडनले युद्धबाट हुने भयावह मानवीय क्षति र पीडाको जिम्मा रुसले लिनु पर्ने बताएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही सुरु भएको घोषणा गरेपछि बाइडनको पछिल्लो भनाइ आएको हो ।

‘आज राति सारा विश्वका नेताहरू युक्रेनी जनताको साथमा छन् किनभने उनीहरू रुसी फौजबाट बिनाकारण तथा कुनै उक्साहटबिनै भएको हमलाको सामना गर्न पुगेका छन्’, बाइडनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति पुटिनले डरलाग्दो मानवीय क्षति एवं कष्ट निम्त्याउने गरी सुनियोजति युद्ध रोजेका छन् । आक्रमणबाट हुने मृत्यु र विनाशको जिम्मेवार रुस मात्रै हुनेछ ।’

‘अमेरिका र उसका साझेदार एवं सहयोगीहरूले एक भएर दृढतापूर्वक जवाफ दिने छन्’, विज्ञप्तिमा उल्लेख छ, ‘विश्वले रुसलाई जवाफदेही बनाउने छ ।’

तर पूर्वी युक्रेनमा पुटिनले चालेको पछिल्लो कदमले अमेरिकी समाज भने विभाजित देखिन्छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनको कदमलाई प्रशंसा गरेबाट पनि अमेरिकी समाज कति विभाजित छ भन्ने प्रस्ट हुन्छ ।

ट्रम्पले मंगलबार एक रेडियो कार्यक्रममा बोल्दै पूर्वी युक्रेनका २ स्थानलाई स्वतन्त्र राज्यको मान्यता दिने पुटिनको कदमलाई ‘प्रतिभाशाली’ र ‘व्यावहारिक’ भन्दै प्रशंसा गरेका थिए । ‘तपाईले यसलाई निकै व्यावहारिक भन्न सक्नुहुन्छ’, ट्रम्पले भनेका थिए, ‘बाइडनले के दिए तरु कुनै जवाफ आएन । उनीहरूले एउटा जवाफ दिएनन् जुन निकै दुस्खद हो ।’

‘यो निकै प्रतिभाशाली कुरा हो’, ट्रम्पले थपे, ‘पुटिनले युक्रेनको ठूलो हिस्सालाई स्वतन्त्र घोषणा गरेका छन् । यो कुरा निकै राम्रो हो ।’

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा