बर्दगोरिया गाउपालिकामा अन्तर बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुदै

Cricket
Cricket
June 30, 12:30

धनगढी, असार १५ - बिजया दशमि तथा शुभ दिपावलि २०७६ को पावन अवसरमा बर्दगोरिया गाउपालिकामा अन्तर बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।बर्दगोरिया गाउपालिका २ बौनिया स्थित नव बाल बाटिका बिद्या मन्दिर को आयोजनामा सो प्रतियोगिता हुन लागेको हो।

बिद्यालयको आयोजनामा पहिलो पल्ट हुन लागेको सो प्रतियोगितामा सुदुरपश्चिम प्रदेश भित्र का विभिन्न १६ वटा बिद्यालय लाई सहभागी गराईने आयोजक बिद्यालयले जानकारी दिएको छ। ड्युस बल द्धारा खेलाईने सो प्रतियोगिताको तयारि बिद्यालयले सुरु गरेको आयोजक बिद्यालयका संस्थापक प्रिन्सिपल तथा प्रतियोगिता संयोजक प्रमोद मल्लले बताएका छन् ।
१ लाख १ हजार प्रथम पुरस्कार रहेको प्रतियोगितामा उप विजेताले ५१ हजारका साथै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ।

यसै गरि प्रतियोगितामा बिधागत पुरस्कार हरुमा म्यान अफ द सिरिज लाई नगद १० हजार, उत्कृष्ट बलर र व्याटस्म्यान लाई जनही ५ हजार उदयमान खेलाडी र प्रतियोगितामा सबैभन्दा बडि छक्का प्रहार गर्ने खेलाडीलाई समेत जनहि नगद २ हजार ५ सय प्रदान गरिने बताईएको छ।
असोज २६ गते बाट सुरु हुने प्रतियोगितामा सहभागी हुन ईच्छुक बिधालयले चिठ्ठि प्राप्त गरेको एक हप्तामा सम्पर्क गरि सक्नु पर्ने जनाइएको छ। प्रतियोगिता लिक कम नक आउटका आधारमा सञ्चालन हुनेछ। असोज १६ गते खेल तालिका सार्वजनिक हुने प्रतियोगिता कार्तिक ९ गते सम्म चल्नेछ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा