प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निःशुल्क स्वास्थ्य शिविर

सुदूरपशिचम प्रदेश ट्राफिक प्रहरी कार्यालय
सुदूरपशिचम प्रदेश ट्राफिक प्रहरी कार्यालय
March 04, 9:09

धनगढी : सुदूरपशिचम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३८ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो। 

नेपाल प्रहरी अस्पताल र नेपाल प्रहरी श्रीमती संघको संयुक्त आयोजनामा विशेषज्ञ चिकित्सकहरुबाट चर्म रोग, आँखा, नाक, कान तथा घाँटि सम्बन्धी समस्याहरुका साथै नर्सिङ विभाग, मेडिसिन, अर्थो, गाइनो र फार्मेसी विभागबाट विभिन्न सेवासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्वास्थ्य शिविर यही फागुन २१ र २२ गते सञ्चालन गर्न लागिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा