भारतीय नागरिक सवार हेलिकप्टर बझाङमा अवतरण

भारतीय नागरिक सवार हेलिकप्टर
भारतीय नागरिक सवार हेलिकप्टर
March 10, 6:36

बझाङ,२७ फागुन / बझाङको थलारा गाउँपालिका–९ छालागडामा भारतीय नागरिक सवार हेलिकप्टर अवतरण भएको छ । कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा अवतरण भएको हो । 

स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका छन् । आफूहरूलाई हेलिकप्टर आउने जानकारी नै नभएको थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले बताउनुभयो ।

उहाँका अनुसार हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको भनेको बताएका थिए । त्यसपछि आफूहरूले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्नुअघि नै उनीहरू उडेको उहाँले बताउनुभयो । 

हेलिकप्टरमा चालकसहित पाँच जना भारतीय मूलका नागरिक रहेको वडा अध्यक्ष जोशीले बताउनुभयो । उहाँले भन्नुभयो “हिन्दी बोलिरहेका थिए । साथमा नक्सा पनि बोकेका थिए । उनीहरू करिब आधा घण्टा बसेपछि गए ।” 

हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे जिल्ला प्रशासन कार्यालय बझाङ पनि अनभिज्ञ छ । हेलिकोप्टरको विषयमा सोधी खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।  हेलिकप्टरमा को, किन आए भनेर नखुलेको र आफूलाई कुनै पूर्व जानकारी पनि नभएकाले यस बारेमा आफु बुझ्ने समेत अधिकारी अर्यालले बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा