सय पर्यटकीय गन्तव्यलाई थप ५० करोड बजेट

पर्यटकीय गन्तव्य
पर्यटकीय गन्तव्य
July 04, 12:11

काठमाडौं, असार १८ - सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा घोषणा गरेका १ सय पर्यटकीय गन्तव्यले आगामी वर्ष पनि बजेट पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी वर्ष १ सय गन्तव्यमा पर्यटकीय पूर्वाधार निर्माण गर्न ५० करोड रुपैयाँ विनियोजन भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले यी गन्तव्यका लागि ५० लाख रुपैयाँका दरले बजेट छुट्याएको थियो । आगामी सोही अनुपातमा विनियोजन भएको हो । यो रकम सम्बन्धित स्थानीय तहमार्फत खर्च भइरहेको मन्त्रालयको योजना तथा मूल्यांकन महाशाखा प्रमुख तथा सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

‘चालु आर्थिक बर्षमा यी गन्तव्यमा सन्तोषजनक काम भइरहेको छ,’ उनले भनिन्, ‘मन्त्रालयले आगामी वर्ष पनि यी गन्तव्यमा बजेटको कमी हुन दिँदैन ।’

देशभर १ सय नयाँ गन्तव्य पहिल्याएर त्यहाँ पूर्वाधार विकास गर्ने दिवंगत मन्त्री रवीन्द्र अधिकारीले महत्वकांक्षी घोषणा गरेका थिए । देशभरका ७७ वटै जिल्लाबाट कम्तिमा एक गन्तव्य नछुट्ने र ७ वटा प्रदेशबाट कम्तिमा १० गन्तव्य पर्ने गरी छनोट गरिएको थियो ।

नेपालको पर्यटन लामो समयदेखि सिमित गन्तव्यमा केन्द्रित छ । यसलाई बिस्तार गर्दै हरेक जिल्लामा कम्तिमा एक नयाँ गन्तव्य स्थापित गर्ने लक्ष्यसहित सरकारले लिएको छ । महाशाखा प्रमुख अर्यालका अनुसार यी गन्तव्यमा दिएको रकम पूर्णतया पूर्वाधार विकासमा खर्च गर्नुपर्नेछ । चालु आवमा दुई किस्तामा स्थानीय तहमार्फत यी गन्तव्यका लागि रकम दिइएको छ ।

पहिलो चरणको काम र खर्चको विवरण हेरेर मात्र दोस्रो चरणका लागि रकम दिइएको अर्यालले जानकारी दिइन् । सरकारले चालु आवको बजेटमा नेपालको पर्यटन प्रवद्र्धन गर्न नयाँ गन्तव्यको पहिचान र विकास गर्ने उल्लेख गरेको थियो । सोही अनुसार मन्त्रालयले नेपाल बोर्डमार्फत यी गन्तव्यको छनोट गरेको थियो ।

  • यी हुन १०० गन्तव्य

तिङबुङ पोखरी (ताप्लेजुङ), गूरु फाल्गुनन्द सर्किट (पाँचथर), तीनजुरै–मिल्के–जलजले (तेह्रथुम), बालेश्वर ऐतिहासिक गुफा (संखुवासभा), हलदे पटकेडाँडा ट्रेल (धनकुटा), ट्याम्केडाँडा (भोजपुर), बराह पोखरी (खोटाङ), पाँचपोखरी (सोलुखुम्बु), थोलेदम्बा डाँडा (ओखलढुंगा), उदयपुरगढी (उदयपुर), शहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र (झापा), धनपालगढी पर्यटकीय क्षेत्र (मोरङ), पिण्डेश्वर–दन्तकाली पदमार्ग (सुनसुरी), सहलेस दरवार पर्यटन क्षेत्र (सिरहा), नाडी ताल (सर्लाही, धनेश्वर महादेव पर्यटन विकास क्षेत्र (धनुषा), जलेश्वर मन्दिर (महोत्तरी), मरघर सिमसार क्षेत्र

पतौरा पुरात्वात्विक महादेव मन्दिर (रौटहट), सिम्रौनगढ (बारा), घडीअर्वा पोखरी (पर्सा), छिन्नमस्ता (सप्तरी), जिरी शैलुङ पर्यटन पदमार्ग (दोलखा), सिन्धुलीगढी (सिन्धुली, सुनकोशी र्‍याफ्टिङ (रामेछाप), महाभारत ट्रेल (काभ्रे), पाँचपोखरी (सिन्धपाल्चोक), कल्चेडी–झिल्केश्वर–देविघाट–भैरवी–दुप्चेश्वर सर्किट, तामाङ हेरिटेज ट्रेल (रसुवा), स्काई ट्रेल, रानीझरना क्यानोनिङ थाक्रे (धादिङ), बिस हजारी ताल, सोमेश्वर गढी पर्यटन विकास माडी, पटीयानी पर्यटकीय क्षेत्र (चितवन), मकवानपुरगढी (मकवानपुर), निलबाराही मन्दिर/पार्क (भक्तपुर), दहचोक (काठमाडौं),

नागदह पर्यटकीय क्षेत्र, गोदावरी फुलचोकी हाइकिङ (ललितपुर), चुमभ्याली (गोरखा), काउलेपानी (घलेगाँउ), तनहुँ कालिका शहीद तथा शान्ती पार्क, सिद्धगुफा (तनहँु), मौजा होमस्टे, सिक्लेश पर्यटकीय क्षेत्र (कास्की), नार्फु ट्रेल (मनाङ), लोमाङथाङ दरवार र गुफा क्षेत्र (मुस्ताङ), दूर्लुङ क्यानोनिङ, केभिङ र होमस्टे, महाशिला (पर्वत), सतौ–चण्डीमालिका क्षेत्र, आलमदेवि (स्याङ्जा), भकुण्डे भैरवस्थान गाजाको दह, ढोर पाटन आरक्षण क्षेत्र (बागलुङ), दाउन्नेदेवि (नवलपरासी पूर्व), घोरेपानी पर्यटकीय क्षेत्र (म्याग्दी)

रामग्राम (नवलपरासी पश्चिम), बाउन्नकोटी वनबाटिका, सैनामैना पर्यटकीय क्षेत्र (रुपेन्देही), जशदिशपुर, सागरताल (कपिलवस्तु), तालपोखरा रम्भादेवि मन्दिर (तानसेन), पाँणिनी तपोभूमि (अर्घाखाँची), रेसुंगा तपोभूमि, रुरु क्षेत्र, भगवती मन्दिर पर्यटकीय क्षेत्र (गुल्मी), जलजला (रोल्पा), रक गार्डेन, ओखरकोट डाँडा, झिमरुक (प्यूठान), बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र (दाङ), कम्मर शाह मजार धार्मिक पर्यटकीय क्षेत्र (बाँके), ओमकेदारेश्वर धाम धार्मिक पर्यटकीय स्थल, शिवमन्दिर धार्मिक पर्यटकीय स्थल (बर्दिया), कुभिन्डेदह (सल्यान),

त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र (डोल्पा), डुडुल चैत्य (जुम्ला), लिमी उपत्यका पर्यटकीय स्थल (हुम्ला), रारा से फोक्सुन्डो पदमार्ग (मुगु), पाचाल झरना (कालिकोट), खलंगा दरबार क्षेत्र (जाजरकोट), कोतगढी–पञ्चदेवल–वेलासपुर–महावु पर्यटकीय विकास (दैलेख), जाजुरा दह, गिद्देडाँडा (सुर्खेत), वोतामकोट चित्री पाटन शाहसिक पदमार्ग (रुकम पश्चिम), कोल्टी–बुढीगंगा–बढीमालिका पदमार्ग (बाजुरा), गोरखनाथ मन्दिर पैदलमार्ग (बझाङ)

बडिकेदार धार्मिक पर्यटकीय क्षेत्र (डोटी), सूर्यकोट मस्तादेवि पर्यटन क्षेत्र (अछाम), मालिकार्जुन (दार्चुला), सिद्धनाथ उदयदेव धार्मिक स्थल पाटन (बैतडी), अमरगढी–उग्रतारा (डडेलधुरा), रौटेला झम्केली ब्रह्मादेवधाम धार्मिक विकास क्षेत्र (कंचनपुर), बन्दा ताल कोटीहोम पर्यटकीय क्षेत्र, बर्दगोरिया मन्दिरधाम (कैलाली)

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा