पूर्वआइजिपी रमेश चन्द जेल चलान

Ramesh_Supreme
Ramesh_Supreme
July 04, 6:19

काठमाडौं– सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्वआइजिपी रमेश चन्द ठकुरी जेल चलान भएका छन्। सजायँ पाएको २ वर्षपछि बिहीबार सर्वाेच्च अदालतमा हाजिर भएका चन्दलाई डिल्लीबजार कारागार चलान गरिएको हो। 

सुडान घोटाला मुद्दामा दुई वर्षअघि तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको संयुक्त इजलासले चन्दसहित पूर्वआइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ लगायतलाई घोटालामा संलग्न प्रहरी कर्मचारीलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। फैसलालगत्तै राणा र गुरुङ लगायत कारागार चलान भएका थिए। तर, चन्द भने फरार थिए। बिहीबार आफूमाथि भएको सजाय पुनरावलोकनका लागि बाहिरै बसेर कानुनी लडाइ लड्ने भन्दै अदालतमा उपस्थित हुँदै निवेदन दिएका थिए। सर्वाेच्च प्रशासनले निवेदन अस्वीकृत गरेसँगै उनी फैसला कार्यान्वयनका लागि कारागार चलान भएका हुन्। 

सर्वाेच्चले पूर्वआइजिपी राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना तथा चन्द र गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवानाको सजाय तोकेको थियो।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा