३० रुपैयाँमै विशेषज्ञ सेवा दिने अस्पतालले २ सय जेष्ट नागरिकको निःशुल्क जाँच गर्‍यो

Samudayikl
Samudayikl
July 06, 2:49

धनगढी, असार २१ - गोदावरी नगरपालिकामा पर्ने अत्तरियाको बन खेत स्थित सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पतालले ज्येष्ठ नागरिकहरूका लागी निःशुल्क मधुमेह शिविर सम्पन्न गरेको छ ।

ज्येष्ठ नागरिकहरूमा मधुमेहको समस्या बढी देखिएको अवस्थालाई मध्यनजर गर्दै गोदावरी नगरपालिकाका ज्येष्ठ नागरिकहरूका लागी अस्पतालले निःशुल्क शिविर आयोजना गरेको हो । शनिबारसम्पन्न १ दिने शिविरमा २ सय भन्दा बढी ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । घरबाट टाढा गएर जाँच गराउनु पर्ने तथा महँगो शुल्क तिर्न नसकेर बसेका ज्येष्ठ नागरिकहरूका लागी निःशुल्क शिविरको आयोजना गरेको अस्पतालका सञ्चालक आनन्द भट्टले जानकारी दिए ।

सेवामुखी भावनालेनै सामुदायिक अस्पताल सुचारु गरेको बताउँदै उनले यस्ता निःशुल्क शिविरहरूलाई निरन्तरता दिने जानकारी दिए । अस्पतालले निःशुल्क शिविर आयोजना गरेसँगै गोदावरी नगपालिकाका ज्येष्ठ नागरिकहरू खुसी भएका छन् । महँगो शुल्क तिर्न नसकेर मधुमेहको चेकजाँचनै गर्न नपाएका ज्येष्ठ नागरिकहरूले निःशुल्क जाँच गर्न पाउँदा खुसी लागेको बताए । यस्ता कार्यक्रमले निरन्तरता पाए कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुने ज्येष्ठ नागरिकहरू बताउँछन् ।

सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पतालले ३० रुपैयाँमै विशेषज्ञ सेवा समेत दिँदै आएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा