नगर प्रमुख बलायर निर्देशन : कर्मचारीलाई ड्रेस अनिवार्य, सूचनाको हकको कार्यान्वयनमा जोड

May 20, 2:54

दिपायल – शिखर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीर्घ बलायरले सूचनाको हकको कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । पदभार ग्रहण पछि नगरपालिकाका कर्मचारीहरुसँग परिचय गर्दै जनताले सहज सूचना पाउने व्यवस्था मिलाउन र अनिवार्य पोशाक लगाउन निर्देशन गर्नु भएको हो ।                                                                                बलायरले नगरपालिकाका हरेक सार्वजनिक सूचनाहरू जनताले सहजै भेटाउने गरेर स्मार्ट एप सञ्चालनमा ल्याउन र नगरका हरेक वडाको डाटा वईबसाइटमा अनिवार्य राख्न अनुरोध गर्नु भयो । जनताको काम छिटो र छरितो गर्नका लागि ईमेल, इन्टरनेट र नयाँ प्रविधिको प्रयोग गर्न निर्देशन दिँदै उनले गुनासो सुन्ने देखि, निवेदन लिन दिनसक्ने व्यवस्था मिलाउन अनुरोध गर्नु भयो।                                                                                

राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरु मिलेर नगरलाई समृद्ध बनाउन लाग्नु पर्नेमा जोड दिँदै मेयर बलायरले जनतालाई मुस्कान सहितको सेवा छिटो छरितो र भरपर्दो माध्यमबाट दिन अनुरोध गर्नु भयो ।                              पदभार ग्रहण गर्दै नवनिर्वाचित उपप्रमुख सुनिता रावलले महिला मैत्री योजना, सुशासन, न्याय र सूचनामा जनताको सहज पहुँच र जनतालाई आवश्यक विकास निर्माणका कार्यमा जोड साइन बताउनु भयो ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

जनप्रतिनिधिलाई सभापति बलायर भने, ‘विकासको मार्गचित्र कोर्नुस्,…
धनगढी २७ जेठ - नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले काङ्ग्रेसबाट… विस्तृतमा
नेपाली काँग्रेसको सुदूरपश्चिम समितिले नवनिर्वाचित जनप्रतिनिधिसँग…
धनगढी २४ जेठ -   नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिले स्थानीय तहको निर्वाचनमा विजयी… विस्तृतमा
डडेल्धुरा जिसस संयोजकमा नेपाली कांग्रेसका भण्डारी निर्विरोध…
डडेल्धुरा, २१ जेठ । जिल्ला समन्वय समिति डडेल्धुराको संयोजकमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी… विस्तृतमा
जिसस बैतडीमा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरे, प्रमुखमा…
बैतडी २१ जेठ –जिल्ला समन्वय समिति बैतडीको लागि गठबन्धनका तर्फबाट उम्मेदवारले मनोनयन दर्ता गरेका छन्… विस्तृतमा